Comments Add Comment

Advertisment

SKIP THIS

मलेसियामा साथीको हत्या गरेर नेपाल आएका अनिललाई विमानस्थलबाट प्रहरीले पक्राउ

काठमाडौं: मलेसियामा एउटै कम्पनीमा कार्यरत व्यक्तिको हत्या गरी नेपाल आएकालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले महोत्तरी गौशाला नगरपालिका-५ बस्ने २४ वर्षीय अनिलकुमार साहलाई पक्राउ गरेको एसपी कुमोध ढुंगेलले जानकारी दिए।

शनिबार हिमालयन एयरलाइन्सबाट काठमाडौं आइपुगेका उनलाई प्रहरीले पक्राउ गरेको हो।

उनले मंसिर २५ गते झापा शिवसताक्षी नगरपालिका-३ का ४० वर्षीय धनबहादुर प्रधानको हत्या गरेको आरोप छ। प्रधान विगत एक वर्षदेखि वैदेशिक रोजगारीका लागि मलेसियामा काम गर्दै थिए।

त्‍यहाँ काम गर्नेक्रममा साहले प्रधानको हत्या गरेको एसपी ढुंगेलले बताए।

मृतक प्रधानकी श्रीमतीले प्रहरी परिसरमा जाहेरी दिएकी थिइन्। साहले आफ्नो हुलिया परिवर्तन गरी नेपाल फर्किएको भन्ने सूचना प्रहरीले पाएको थियो। त्यस सूचनाको आधारमा खटिएको टोलीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।

उनीमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद लिएर इन्टरपोल मार्फत मलेसियन प्रहरी र मलेसियास्थित नेपाली राजदूतावाससँग समन्वय गरी अनुसन्धान अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै