Comments Add Comment

Advertisment

SKIP THIS

ठगीको आरोपमा म्यानपावर कम्पनीका सञ्चालकसहित २ जना पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीका लागि साउदी अरब पठाउने बहानामा ठगी गरेको आरोपमा म्यानपावर कम्पनीका सञ्चालकसहित २ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पुरानो बानेश्वरमा अवस्थित ओसो रिक्रुटिङ म्यानपावरका सञ्चालक ४२ वर्षीय लक्ष्मण विश्वा र र रोशी गाउँपालिका–१० की ४० वर्षीया सोफि मल्ल रहेका छन् ।

उनले ओम बाबु साहलाई वैदेशिक रोजगारीको लागि साउदी अरब पठाइदिन्छु त्यसको लागि १ लाख २५ हजार रुपैयाँ लाग्छ, साउदी अरब पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक रु ४० हजार रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी एक लाख २५ हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई मंसीर २२ गते काठमाडौंबाट पक्राउ गरेको हो ।

उनीहरुलाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै