Comments Add Comment

Advertisment

SKIP THIS

चितवन प्रहरीको सफलता: ३९६ किलो अवैध लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ

चितवन । चितवनबाट करिब ३९६ किलो अवैध लागुऔषध गाँजासहित दुईजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्की समेतको प्रहरी टोलीले पाएको विशेष सूचनाको आधारमा जेएच–०२ डब्लू ९६३१ नम्बरको भारतीय ट्रकलाई चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको थियो ।

पक्राउ पर्नेहरूमा भारत सम्बल बस्ने ४५ वर्षीय अनिल गिरी र सोही ठाउँ बस्ने ३० वर्षीय राजपाल रहेका छन् । प्रहरीले भरतपुर महानगरपालिका–१, आँपटारीबाट उनीहरुलाई पक्राउ गरेको हो ।

ट्रकको अगाडि क्याबिनमा फल्स बटम बनाएर २८ वटा पोकामा राखेको उक्त परिमाणको गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गिरी चालक र राजपाल सहचालक हुन् । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै