Comments Add Comment

Advertisment

SKIP THIS

कोइलाखानीको सुरूङमा मृत भेटिएका पुरूषको हत्या : हत्यामा संलग्न तीन जना पक्राउ

दाङको बंगलाचुलीस्थित कोइलाखानीको सुरूङमा मृत भेटिएका घोराही उपमहानगरपालिका – ६ अघरा ४५ शिवराज केसीको हत्या भएको खुलेको छ।

शुक्रबार सुरूङमा मृत बंगलाचुली गाउँपालिका-४ गदारी फाँटको जंगलमा रहेको कोइलाखानीको सुरूङमा मृत भेटिएका केसीको हत्या भएको खुलेको हो।

घटनाको अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार केसीको हत्यामा संलग्न तीन जना पक्राउ परेका छन्।

स्रोतका अनुसार केसीको हत्या गरी कोइलाखानीको सुरूङ मार्गमा लुकाएर ति तीन व्यक्तिहरू भारत भागेका थिए।

उनीहरूलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरी नेपाल ल्याइएको हो। घटनामा संलग्न अर्का एक व्यक्ति फरार रहेको र उनको खोजी तीव्र पारिएको छ।

प्रहरीले आजै घटनाबारे जानकारी गराउने र पक्राउ परेका व्यक्तिहरू सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार लेनदेनका कारण केसीको हत्या गरिएको खुलेको छ। केसीको छातीलगायत शरीरका अन्य भागमा चोटपटक देखिएको छ।

घोराही – ६ अघरा टोल विकास संस्थाका अध्यक्षसमेत रहेका केसी पुस ८ गते घरदेखि घोराही बजार जान्छु भनेर निस्किएका थिए। उनको शव शुक्रबार कोइला खानीको करिब ५० मिटर सुरुङ भित्र फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै