Comments Add Comment

Advertisment

SKIP THIS

स्लोवेनिया पठाइदिन्छु भन्दै ठगी गर्ने अजय र छिमीलाई प्रहरीले पक्राउ

काठमाडौं । स्लोवेनिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका–१३ बस्ने २५ वर्षीय अजय राज शाही र गोरखा चुमनुव्री गाउँपालिका–४ घर भएकी ३५ वर्षीया छिमी सुनिन रहेका छन्।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले नैकापबाट पक्राउ गरेको हो।

उनीहरूले १ जनालाई वैदेशिक रोजगारीका लागि स्लोवेनिया पठाई फ्याक्ट्रीमा मासिक ७० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी २ लाख ८० हजार रूपैयाँ ठगी गरेका थिए।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै