Comments Add Comment

Advertisment

SKIP THIS

अदालतबाट फैसला भएर फरार रहेका प्रतिवादीलाई १० वर्ष पछि कास्की प्रहरीले पक्राउ

काठमाडौं– जिल्ला प्रहरी कार्यालय कास्कीले अदालतबाट फैसला भएर फरार रहेका ज्यानसम्बन्धी मुद्दाका प्रतिवादीलाई पक्राउ गरेको छ।

गत भदौ १८ गते जिल्ला अदालतको फैसलाबाट ज्यान सम्बन्धी कसुरमा १० वर्ष कैद र एक लाख ४ हजार जरिवाना तोकिएका फरार प्रतिवादीलाई बिहीबार बिहान साढे ११ बजे पक्राउ गरेको हो।

९ वर्ष ११ महिना १८ दिन र एक लाख ४ हजार जरिवाना भुक्तान गर्न बाँकी कास्कीको मादी गाउँपालिका–६ का ४४ वर्षीय कृष्णबहादुर श्रेत्रीलाई पक्राउ गरिएको हो। उनलाई अदालतमा पेस गरिएकोमा फैसला कार्यान्वयनका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै