Comments Add Comment

Advertisment

SKIP THIS

फोन गरेर ज्यान मार्ने धम्की दिँदै रकम माग गर्ने एक व्यक्ति रौतहटबाट पक्राउ

विभिन्न व्यापारीलाई फोन गरेर ज्यान मार्ने धम्की दिँदै रकम माग गर्ने एक व्यक्ति रौतहटबाट पक्राउ गरेका छन्।

रौतहटको फतुवा बिजयपुर नगरपालिका- ८ घर भएका ३४ वर्षीय भगवान साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

साहले गएको मंसिर १० गतेदेखि पुस १८ गतेसम्मको अवधिमा विभिन्न व्यापारीलाई ९८०१५७७५१० नम्बरबाट फोन गरेर पाँच लाखदेखि ५० लाख रुपैयाँसम्म रकम माग गर्दै आएको प्रहरीले जनाएको छ।

उनले स्थानीय व्यापारीहरु (नाम गोप्य)लाई फोन गरेर भनेजति रकम नदिए सम्बन्धित व्यक्ति र उनीहरुका छोराछोरीको ज्यान मार्ने धम्की दिँदै पचार लाख रुपैयाँसम्म रकम माग गरेको सूचनाको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

गोप्य सूचनाको आधारमा पक्राउ परेका साहलाई आपराधिक लाभ सम्बन्धि कसुरमा अदालतबाट म्याद थप गरेर कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै