Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरी श्रीमती संघको आयोजनामा बृहत निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम

काठमाडौं: नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा स्टार अस्पताल लिमिटेड सानेपा हाईट ललितपुको प्राविधिक सहयोग र नेपाल प्रहरी सशस्त्र प्रहरी गण नं.१ नक्सालको ब्यबस्थापनमा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालको प्राङ्गणमा नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीहरुलाई लक्षित गरि बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको थियो ।

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरको प्रमुख प्रमुख अतिथी रहेको उक्त निःशुल्क स्वस्थ्य शिविरमा संघकी महासचिव अनुश्री पाख्रीन, सह-कोषाध्यक्ष कमला खनाल, प्रशासन सह-सचिव श्रीमती अनिता ढकाल अधिकारी, सदस्य श्रीमती प्रेक्ष्यमा गोंगल, श्रीमती संगिता लम्साल, अनिता ढकाल पौडेल र राधा खतिवडा पोखरेलको उपस्थितीमा संचालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा प्रहरी कर्मचारीहरुले स्वास्थ्य परिक्षण गराई सेवा लिएका थियो ।

“मानव सेवा नै सर्वोत्तम धर्म” मानेर बिभिन्न स्थान तथा समुदायमा परोपकारी कार्यहरु संचालन गर्दै आएको नेपाल प्रहरी श्रीमती संघले आज नेपाल प्रहरीमा नै कार्यरत प्रहरी कर्मचारीहरुलाई सेवा गर्ने भावले उक्त स्थानमा बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो । स्वास्थ्य शिविरमा सामान्य चिकित्सा, स्त्री रोग, नाक, कान, घाँटी, र हाडजोर्नी सम्बन्धी लगायत अन्य बिभिन्न रोगहरुको चेकजाँच गर्नुका साथै निःशुल्क औषधी समेत बितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै