Comments Add Comment

Advertisment

SKIP THIS

कतार सरकारद्वारा ५० वटा भेन्टिलेटर सहयोग

१४ मंसिर , काठमाडौ । कतार सरकारले कोरोना महामारीसँग जुध्न नेपाल सरकारलाई ५० वटा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

कतारका आमिर शेख तामिम विन हमाद अल थानीले कतार फण्ड फर डेभलपमेन्टमार्फत भेन्टिलेटर पठाइएको हो । काठमाडौंस्थित कतारी दूतावासका कन्सुलर नासर विन घानिम अल–घानिम अल–मादिदले स्वास्थ्य मन्त्रालयका सहसचिव डाक्टर पवनजंग रायमाझीलाई सोमबार भेटिन्लेटर हस्तान्तरण गरेका थिए ।

कन्सुलर नासर अल–मादिदले नेपाल र नेपालीले कतार र कतारीका लागि गरेको पुर्‍याएको योगदानको सम्झना गर्दै नेपाललाई आवश्यक पर्दा साथ दिन कतार सदैव तयार रहेको बताए ।

स्वास्थ्य मन्त्रालयका सहसचिव पवनजंग रायमाझीले कोरोना महामारीसँग जुध्न सुरूवातदेखि नै कतार सरकारले गरेको सहयोगप्रति आभार व्यक्त गरेका थिए । यी भेन्टिलेटर अति आवश्यक देखिएका सरकारी अस्पतालहरूलाई उपलब्ध गराइने उनले बताए ।

कोरोना महामारी सुरू भएपछि नै कतार सरकारले नेपाल सरकारलाई चार्टड उडान, स्वास्थ्य सामग्री र कोरोना विरूद्धको खोप उपलब्ध गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै