काठमाडौं: कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले प्रदेश अन्तरगतका जिल्ला प्रहरी कार्यालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालयका प्रमुखहरुलाई भिडियो कन्फरेन्स मार्फत निर्देशन दिनु भएको छ ।
आज भएको भिडियो कन्फरेन्स मार्फत डिआईजी चन्द्र खापुङले जिल्लाहरुको वर्तमान शान्ति सुरक्षाको अवस्थाको सम्बन्धमा जानकारी लिदै, आगामी दिनमा आईपर्न सक्ने सुरक्षा चुनौती एवं समाधानका विषयमा शान्ति सुरक्षाको अवस्थालाई मजवुद बनाउन कार्यरत प्रहरी जनशक्तिलाई थप चुस्तदुरुस्त बनाई परिचालन गर्न निर्देशन दिनु भयो ।





