Comments Add Comment

Advertisment

SKIP THIS

ट्राफिक नियमविरुद्ध यातायात मजदुर आन्दोलित, प्रहरीको गाडी तोडफोड

पाँचपटक सम्म चिट काटेपछि ६ महिनासम्म सवारी चलाउन नपाउने नियम विरुद्ध यातायात व्यवसायीले सडक अवरुद्ध गरेका छन्।

ट्राफिक नियम यातायात मजदुरको हितमा नभएको भन्दै यातायात व्यवसायीले सडक अवरुद्ध गरेका हुन्।

ट्राफिक नियमविरुद्ध आन्दोलति बनेका यातायात मजदुरले माछापोखरी बालाजु क्षेत्रमा सडक अवरुद्ध गरेका छन्। आन्दोलति मजदुरहरुले प्रहरीको गाडी समेत तोडफोड गरेका छन्।

बीच सडकमै सवारी साधन राखेर मजदुरहरुले अवरोध सिर्जना गरेपछि सो क्षेत्रको यातायात आवागमन ठप्प भएको छ।

काठमाडौं उपत्यका प्रहरी प्रभक्ता सानु भट्टराईका अनुसार यातयात व्यवसायीहरुले प्राकिङ जुन सुकै ठाँउमा गर्न पाउनु पर्ने भन्दै आन्दोलन गरेका हुन्। ट्राफिक नियमको विरुद्ध आन्दोलन गरिएको उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै