Comments Add Comment

Advertisment

SKIP THIS

रौतहटमा समाचार संकलन गर्न गएका पत्रकार कृष्ण तिवारीलाई निर्घात कुटपिट

रौतहटको कटरिया नगरपालिकामा रहेको बाबा बैजनाथ सुगर एन्ड केमिकल प्रालिमा समाचार संकलन गर्न गएका पत्रकारमाथि निर्घात कुटपिट भएको छ।

किसानले लगेको १०० क्विन्टल उखुलाई उद्योगले ७० क्विन्टल देखाइदिएपछि किसानहरू आन्दोलनमा उत्रिएका थिए। किसानहरूले उखु जोख्ने ठाउँमा नारा-जुलुस गरेपछि समाचार संकलनका लागि पुगेका पत्रकार कृष्ण तिवारीमाथि मिल सञ्चालकले कुटपिट गरेका हुन्।

कटहरियाका मेयरसमेत रहेका बाबा बैजनाथ सुगर एन्ड केमिकल प्रालिका सञ्चालक अजय प्रकाशकै मिलोमतोमा आफूमाथि कुटपिट भएको पत्रकार तिवारीले बताएका छन्। आफ्नो मोबाइल र क्यामेरासमेत मिल सञ्चालकले लुटपाट गरेको उनको आरोप छ।

घाइते पत्रकार तिवारीको अहिले गरुडास्थित हेल्थ ल्यान्ड अस्पतालमा उपचार भइरहेको छ।

घटनामा संलग्न मिल सञ्चालकमाथि कडा कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले दोषीलाई तत्काल पक्राउ गर्न माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै