Comments Add Comment

१५ लाख घुससहित पक्राउ परेका वडाध्यक्ष नृपेश बादेविरूद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं: १५ लाख घुससहित पक्राउ परेका बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादेविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शुक्रबार बादेविरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

वडाध्यक्ष बादे माघ ३ गते १५ लाख घुससहित पक्राउ परेका थिए। उनले घरबाटो सिफारिस गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेका गिए।

उक्त घुस लिएको पुष्टि भएको भन्दै अख्‍तियारले उनीविरूद्ध मुद्दा दायर गरेको हो।

अख्तियारले उनलाई दुई वर्ष ६ महिनादेखि चार वर्षसम्म कैद सजाय माग गरेको छ। यस्तै उक्त बिगो बमोजिमको जरिवाना समेत माग गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै