Comments Add Comment

Advertisment

SKIP THIS

दैलेखमा १२ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा २२ वर्षीय युवकलाई प्रहरीले पक्राउ

सुर्खेत– जिल्ला प्रहरी कार्यालय दैलेखले १२ वर्षीय बालिकालाई यौन दुरुपयोग गरेको आरोपमा २२ वर्षीय युवकलाई शुक्रबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका–६ का २२ वर्षीय विकास बूढा रहेका छन्।

बुढाको घरमा बस्दै आएकी १२ वर्षीय बालिकालाई विकासले फागुन ३ गते यौन दुरूपयोग गरेको भन्ने जाहेरी प्रहरीमा परेपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। भगवतीमाई गाउँपालिका–७ स्थायी वतन भएकी १२ वर्षीय बालिका परिवर्तित नाम थर ६२ दैलेख (क) ४४ विकास बुढाको घरमा बसोबास गर्दै आएकी थिइन्।

ती बालिकालाई २२ वर्षीय युवक विकासले यौन दुरुपयोग गरेको भन्ने जाहेरीका आधारमा पक्राउ गरि थप अनुसन्धान भइरहेको छ। उनलाई अनुसन्धानका लागि दैलेख जिल्ला अदालतबाट चार दिनको म्याद थप भएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै