Comments Add Comment

Advertisment

SKIP THIS

मुगु हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई सार्वजनिक

मुगु । जिल्ला प्रहरी कार्यालय मुगुले मुगु सामूहिक हत्यामा संलग्न दुई जनालाई सार्वजनिक गरेको छ ।

मुगुको छायाँनाथरारा नगरपालिका–६ मन्दुगाउँको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले आरोपित दुई जनालाई आज सार्वजनिक गरेको हो ।

पकाउ पर्नेमा मुगुको छायानाथ रारा नगरपालिका-७ पिना घर भई हाल बाँकेको वैजनाथ गाउँपालिका-१ चिसापानी बस्ने ३१ वर्षीय काले भनिने गोर्खराजबहादुर शाही र छायानाथ रारा-६ मन्दु बस्ने ३१ वर्षीय गोपालबहादुर बोहरा रहेका छन् ।

शाहीलाई कात्तिक २० गते सुर्खेतको वीरेन्द्रनगरबाट र बोहरालाई उनकै घर मन्दुबाट शुक्रबारै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । कात्तिक ८ गते घरमै २६ वर्षीया श्रीदेवी बोहरा र उनका ११ वर्षीय छोरा मनोज‚ ६ महिनाका छोरा रहर र ७ वर्षीया छोरी अप्सराको शव भेटिएको थियो ।

८ गते राति ९ बजे उनीहरू मृतकको घर पुगी ढोका खोल्न लगाएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनीहरूले खुकुरीले टाउको र घाँटीमा प्रहार गरेर श्रीदेवी बोहरासहित ४ जनाको हत्या गरेका थिए । मारिसकेपछि उनीहरूले मृतकसँग भएको १ थान मोबाइल, कानमा लगाएको रिङ, घाँटीको तिलहरी लुटपाट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै