Comments Add Comment

Advertisment

SKIP THIS

इन्स्पेक्टर रायमाझीको कमान्डमा खटिएको प्रहरीले ३ जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल

काठमाडौं : ईलाका प्रहरी कार्यालय पिपराका इन्स्पेक्टर गोपाल जंङ्ग रायमाझीले फरार अपराधीलाई पक्राउमा विशेष सक्रियता बढाएका छन् । साथै उनले अझै बाँकी रहेका फरार अभियुक्तहरू पनि पक्राउ गर्न एउटा विशेष अभियान नै बनाएर अघि बढेको बताए ।

इन्स्पेक्टर गोपाल रायमाझीको कमाण्डमा खटिएको प्रहरी टोलिले घटना पश्चात फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गर्न सफल भएको छ ।

२०७४ सालको असोज १५ गते दसैंमा मुर्ति विसर्जन गर्ने क्रममा अन्दाजी २२ वर्षीय राम बहादुर थारुलाई मोटरसाईकलको हेलमेटले कुटपिट गरि हत्या गरेका थिए ।

उक्त घटना पश्चात फरार रहेका बाणगंगा नगरपालिका वडा नम्बर ६ अमौलीका २८ बर्षीय तुल्सीराम थारु, २६ वर्षीय शिव शंकर भनिने शालिकराम थारु र सोहि गाउँकै २६ वर्षीय अनिल थारुलाई पक्राउ गरेको बताए ।

कपिलवस्तु जिल्ला अदालत तौलिहवाबाट २०७६ भदौ १० गते कर्तव्य ज्यान सम्बन्धी कसुर मुद्धामा जनही ९ वर्ष कैद फैसला भई फरार रहेका उनीहरुलाई पक्राउ गरी कपिलबस्तु जिल्ला अदालतमा दाखिला गरि उनीहरुलाई तोकिएको कैद भुक्तानको लागि जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी हरि वलिले जानकारी दिए ।

नेपाल प्रहरीले फैसला कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेको छ । कर्तव्य ज्यान, लागूऔषध, जबरजस्ती करणी, बैंकिङ कसूर, ठगी लगायतका विभिन्न मुद्दामा फैसला ठहर भई फरार रहेका प्रतिवादी पक्राउ गर्ने सन्दर्भमा नेपाल प्रहरीले विशेष अभियान नै संचालन गरी फैसला कार्यान्वयन सम्बन्धी कार्य तीव्र बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै