२१ फागुन , काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्ता गठबन्धन फेरबदलमा आफूलाई ‘हर्ष न बिस्मात’ रहेको प्रस्ट पारेको छ । राप्रपाले सरकार परिवर्तनमा आफ्नो कुनै रुचि र भूमिका नरहने पनि प्रस्ट पारेको छ ।
राप्रपाका महामन्त्री धवल शमशेर राणाले न्युज२४ग्यालेक्सीसग कुरा गर्दै सरकार परिवर्तनको विषयप्रति राप्रपालाई कुनै रुचि नरहेको बताए । हामी आन्दोलनमा छौँ, आन्दोलनका कार्यक्रम घोषणा गरिसकेका छौँ,’ उनले भने, ‘सरकार परिवर्तनबारे हामीलाई कुनै रुचि छैन ।’
आन्दोलन घोषणा गरिसकेको अवस्थामा सरकारमा जाने सवाल नै नरहने उनको भनाइ थियो ।



