Comments Add Comment

Advertisment

SKIP THIS

नेपालगञ्जबाट स्रोत नखुलेको १ करोड ५० लाख भन्दा बढी रकमसहित प्रहरीले ८ जनालाई पक्राउ

काठमाडौँ । प्रहरीले बाँकेको नेपालगञ्जबाट १ करोड ३० लाख ४८ हजार ७ सय नेपाली रुपैयाँ बरामद गरेको छ ।

त्यस्तै, १५ लाख ४० हजार भारतीय रुपैयाँ बरामद गरिएको छ । दुई दिनको अवधिमा सो रकम बरामद गरिएको बाँकेका प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहोराले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले आइतबार र सोमबार अपरेशन चलाएर ३ वटा समूहका ८ जनालाई पक्राउ गरेको छ ।

प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराका अनुसार आइतबार ३९ लाख २० हजार रुपैयाँसहित राजपुर–१, बर्दियाका अनुप थारु, पूर्णिमा चौधरी र नेपालगञ्जका हफिक अहमद पक्राउ परेका थिए ।

सुराकको आधारमा सोमबार बसपार्कस्थित होटलबाट ५७ लाख २८ हजार ७ सय नेपाली रुपैयाँ सहित सन्तोष दङ्गेली पक्राउ परेका हुन् । प्रहरीले होटलका सञ्चालक कृष्ण विक, नेपालगञ्जका रोहित क्षेत्री र भारतीय नागरिक राहुल जैसवाललाई पक्राउ गरेको छ । उनीहरुको साथबाट भारतीय रुपैयाँ ११ लाख पनि बरामद भएको एसपी बोहोराले बताए ।

त्यस्तै, बसपार्कस्थित होटल रोयल कर्णालीबाट नेपालगञ्जका सलिम जोलाहा र हसिक अन्सारी परेका छन् । उनीहरुको साथबाट प्रहरीले ३४ लाख नेपाली रुपैयाँ र ४ लाख ४० हजार भारतीय रुपैयाँ बरामद गरेको छ । बरामद रकम हुण्डी कारोबारको हुनसक्ने आशंका गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै