पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश -
Comments Add Comment

Advertisment

SKIP THIS

पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश

७ असार ,काठमाडौ । सेलिब्रेटी पूर्व बैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेश गरेका छन् ।

पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा शाह रास्वपा प्रवेश गरेका हुन् । उनलाई पार्टी सभापति रवि लामिछानेले स्वागत गरेका छन् । शाहले रास्वपा प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

रास्वपाले आज पार्टी स्थापना दिवसका अवसरमा पार्टी कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरेको छ । अहिले केन्द्रीय समिति र संसदीय बैठक जारी रहेको छ ।

त्यसपछि पत्रकार सम्मेलन हुने र दिउँसो १ बजेदेखि ५ बजेसम्म चियापन कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment