Comments Add Comment

नक्कली सुन धितो राखेर नेपाल बैंकको सवा चार करोड ठगी गर्ने सप्तरीका टोकनाथ पक्राउ

काठमाडौँ : नक्कली सुन धितो राखेर नेपाल बैंकको सवा चार करोड ठगी गर्ने सप्तरीका टोकनाथ साह पक्राउ परेका छन्।

नेपाल बैंक लिमिटेडबाट ४ करोड १४ लाख ८४ हजार कर्जा लिइ भागेका कञ्चनरुप गाउँपालिका ८ का ४१ वर्षीय साहलाई उच्च अदालतले ३ वर्ष कैद र करिब १ करोड बिगो भराउने फैसला सुनाएको थियो।

उनलाई काठमाडौँको हायात होटलबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए।

एसपी पोखरेलका अनुसार साहले विभिन्न व्यक्तिलाई अमेरिका पठाइदिने भनेर १ करोड रुपैँया समेत ठगी गरेको पाइएको छ। असली नाम लुकाएर आर्थिक पराधमा उनी संलग्न हुने गरेको पाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै