Comments Add Comment

Advertisment

SKIP THIS

काभ्रेको भैंसेपाटीमा बस दुर्घटना, १२ जना घाइते

काभ्रे । काभ्रेको बनेपा १३, बाँसडोलबाट बनेपा आउँदै गरेको बस सोमबार भैंसेपाटीमा दुर्घटनामा परेको छ । दुर्घटनामा १२ यात्रु घाइते भएका छन् ।

बा.२ख ९४५६ नम्बरको बस आफैं अनियन्त्रित भई भैंसेपाटीका शिवप्रसाद ज्ञवालीको साढे दुई तलाको पक्की घरको गेटमा ठक्कर दिएको थियो । बसमा चढेका ३० जनामध्ये १२ जना घाइते भएको प्रहरीले जनाएको छ ।

बसले घरको अगाडिको भाग क्षति पुर्‍याएको छ । घरमा रहेका मानिसलाई भने केही नभएको इलाका प्रहरी कार्यालय बनेपाका डीएसपी लालध्वज सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार घाइते सबैको शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । अधिकांश घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै