Comments Add Comment

Advertisment

SKIP THIS

अक्सिजन सिलिण्डरको खोजीमा प्रहरी;प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवर

४ जेठ, काठमाडौ । विश्वव्यपी कोभिड–१९ को सङ्क्रमण तिब्र भएपछि मुलुकमा देखिएको अक्सिजनको हाहाकारलाई कम गर्न नेपाल प्रहरीले अनावश्यक ठाउँमा प्रयोग भएका र लुकाइछिपाइ राखिएका सिलिण्डरको खोजी कार्यलाई थप तिब्रता दिएको छ ।

प्रहरीले पछिल्लो दुई हप्तामा मात्रै नौ हजार बढी सिलिण्डर खोजी गरी स्थानीय प्रशासन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वयमा अत्यावश्यक क्षेत्रमा वितरण गरेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले वैशाख २६ गतेदेखि आजसम्म नौ हजार १४० सिलिन्डर सङ्कलन गरी कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको जानकारी दिए ।

नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा मात्रै २३१ अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ । ती मध्ये १६८ वटा भरिएका र ६३ खाली सिलिन्डर रहेका छन् । आज सङ्कलित र यसअघिको स्टक रहेका १४१ गरी जम्मा ३७२ मध्ये मङ्गलबार ३४१ सिलिन्डर कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको प्रहरीले जनाएको छ । बाँकी ३१ सिलिन्डर जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तथा जिल्लास्थित प्रहरी कार्यालयमा राखी आवश्यकता अनुसार वितरण गरिने छ ।

आवश्यकता भन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने व्यक्ति, विभिन्न सङ्घ संस्था तथा स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदाममा स्टक गरी राखेका सिलिन्डर खोजी गरिएको थियो ।

विषम परिस्थितिमा अन्य प्रयोजनका लागि स्टक नगर्न तथा विभिन्न कम्पनी, सङ्घसंस्था तथा व्यक्तिसँग आवश्यकताभन्दा बढी सिलिन्डर छन् भने त्यस्ता सिलिन्डर उपलब्ध गराई सहयोग गर्न नेपाल प्रहरीले अनुरोध समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै