१६ मंसिर काठमाडौ । राजावादी राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टीको बुधवारबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय महाधिवेशनमा चर्चित अभिनेत्री रेखा थापाले महामन्त्री पदमा उम्मेदवारी दिने भएकी छन् ।

हाल राप्रपाको केन्द्रीय सदस्य समेत रहेकी उनी अध्यक्ष पदका दाबेदार राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्रीमा उठ्न लागेकी हुन् ।

उनले महिलातर्फ महामन्त्री पदमा उम्मेदवारी दिनेछिन् ।








