Comments Add Comment

Advertisment

SKIP THIS

युवायुवतीहरूलाई वैदेशिक रोजगारीमा पठाउने भन्दै लाखौं रकम ठगी गर्ने नगरकोटी पक्राउ

काठमाडाैं- नेपाली युवायुवतीहरूलाई वैदेशिक रोजगारीमा पठाउने भनि ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–२ घर भई हाल काठमाडौंको टोखा नगरपालिका १० बस्ने वर्ष ३१ को असिम नगरकोटी रहेका छन् ।

नगरकोटीले पीडितहरूलाई विभिन्न प्रलोभनमा पारी रकम लिएपश्चात विदेश नपठाई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ।

नगरकोटीलाई वैशाख २७ गते ठमेलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै