Comments Add Comment

Advertisment

SKIP THIS

बाहिर बिहानैदेखि लाइन, दलालहरू खुसुखुसु भित्र

१७ मंसिर काठमाडौ । हामीले यसअघि मंसिर २ गते यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङ र एकान्तकुनाको बेथितिबारे लेखेका थियौं जहाँ नयाँ लाइसेन्स निम्ति आवेदन भर्नै सेवाग्राहीले दुई दिन चक्कर काट्नुपर्छ, पाँचवटा कोठा धाउनुपर्छ।

यातायात कार्यालय चाबहिलको अवस्था झनै नाजुक छ। त्यहाँ सेवाग्राहीले औंठाछापका लागि चाबहिल पुग्नुपर्छ, लिखित दिन सुकेधारा र ट्रायलका लागि दक्षिण ढोका धाउनुपर्छ।

सेवाग्राहीहरूले पाउने दुःख दिनभरि लाइन बस्ने र कोठा चहार्ने मात्र होइन, कार्यालयको अक्षमताका कारण उनीहरू दलालहरूको फन्दामा पनि परिरहेका छन्। आज हामी त्यसैबारे चर्चा गर्दैछौं।

यातायात कार्यालयहरूमा धेरैजसो सेवाग्राही पालो नपाइने डरले बिहान ६ बजे नै पुग्छन्। उनीहरू आएदेखि झ्याल रूँघेर बस्छन्। झ्यालहरू साढे १० बजेबाट मात्र खुल्न थाल्छन्। जसै झ्याल खुल्छन्, अनि सुरू हुन्छ तँछाडमछाड।

यातायात कार्यालय एकान्तकुनाको कुरा गरौं। यहाँ भवन नम्बर १ को भुइँतल्लामा रहेको कोठा नम्बर ८ मा दरखास्त दर्ता हुन्छ। बायोमेट्रिकका लागि बिहानैदेखि लाइन बसेकाहरू बाहिर हाँपदाँप गर्दै हुन्छन्। त्यही बेला केही व्यक्ति सुटुक्क भित्र छिरेर कर्मचारीहरूलाई खुसुखुसु काम गराइरहेको देखिन्छ।

‘हामी बिहानैदेखि लाइन बस्ने, तपाईंहरू चाहिँ खुसुखुसु छिर्न दिने एक युवा सुरक्षाकर्मीका अगाडि चर्को स्वरले चिच्याउँछन्। पछाडि लाम लागेको हुल ती युवाको स्वरमा स्वर मिसाउँदै चिच्याउन थाल्छन्।

भित्रभित्रै केही बेर खुसुखुसु काम गरेपछि झन्डै ११ बजेबाट बल्ल लाइन बसेका सेवाग्राहीको पालो आउँछ। सुरक्षाकर्मी चेनल गेट खोेलेर एक हुल सेवाग्राहीलाई भित्र हुल्छ्न्।

बल्लतल्ल पालो पाएकाहरूको पनि भित्र छिर्नेबित्तिकै सरासर काम हुँदैन। कार्यालयको सर्भर बेलाबेला ह्याङ भइरहन्छ। कहिले फोटो खिचाउँदा खिचाउँदै, कहिले औंठाछाप लगाउँदा लगाउँदै सर्भर अड्किएर दस(पन्ध्र मिनेट ट्वाँ परेर बस्नुपर्छ।

त्यहाँ झन्डै एक-डेढ घन्टा लाइन लागेपछि दरखास्त दर्ताको राजस्व तिर्ने पालो आउँछ। लाइन लाग्दालाग्दै दुई बज्यो भने काम रोकिन्छ। भोलिपल्ट फेरि धाउनुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै