यति मिठो माया दियौं
कहाँ राखु कहाँ पोखौ
मनभरी आइदिन्छन्
मायालु ति आखाँहरू।।
ओठहरू भुल्न खोज्छु
मुस्कान बनि आई दिन्छन्
आखाँहरू भुल्न खोज्छु
आशु बनि आई आइदिन्छन्।।
संझनाभरी आई दिन्छन्
बिताएका ति पलहरू
बिर्सन खोज्छु फेरि पनि
सपना बनि आइदिन्छन्।।
क्षितिज भित्र खोजुँ भन्छु
आकाशमा बिलाई जान्छन्
मुटुभित्र राख्न खोज्छु
बेदना भई बगिरहन्छन्।।
कस्तो गाढा माया लाग्यो
सपना भित्र खेलिरहने
बिपनामा खोज्दा खोज्दै
आखा भित्र हराई रहने।।



