मोरङको रानीबाट नियन्त्रीत लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ जिल्ला बिराटनगर महानगरपालिका १४ जतुवा स्थितमा लागु औषध ओसार पसार गरी रहेको भन्ने बिशेष सुचनाको आधारमा इप्रका रानि बाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरीले पक्राउ गरेको हो ।
हिजो राती साढे ११ बजे मोरङको बिराटनगर- १४ जतुवा स्थितमा प्र. १-०२-००१ख ९२७० नम्बरको खाली सिलिन्डर बोकेको मिनिट्रक जतुवा खोलाको कच्चि सडक खण्डको साईडमा रोकेर राखेको अवस्थामा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त मिनि ट्रकको पछाडी डाला भित्र कुचोले छोपी राखेको अवस्थामा १ सय ८१ के.जी. लागुऔषध गाँजा बरामद भएको थियो ।
ट्रकबाट लागुऔषध गाँजा बरामद भएसंगै चालक चैनपुर नगरपालिका- १ संखुवासभाका २७ बर्षीय लाक्पा दोर्जे शेर्पालाई प्रहरीले पक्राउ गरेको हो ।


