Comments Add Comment

आजदेखि एमाले गुल्मीको अधिवेशन, अध्यक्षमा बालसिंह र हिराको प्रतिस्पर्धा

२९ जेठ , काठमाडौ । नेकपा एमाले गुल्मीको १२ औं जिल्ला अधिवेशनको आजदेखि सुरु हुने भएको छ । दुई दिनसम्म हुन लागेको जिल्ला अधिवेशनको तयारी पूरा भएको नेकपा एमाले गुल्मीका सचिव एवम् प्रचार प्रसार विभाग प्रमुख गणेश श्रीपालीले बताए ।

अधिवेशनमा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्ट, सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्याल, पोलिटब्यूरो सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज सूर्य थापा, प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेलसहितका नेताहरु तम्घास पुगिसकेका छन् ।

जिल्लाभरबाट करिब ७ सय प्रतिनिधि सहभागी हुने र आगामी ३ वर्षका लागि १ सय ५ जनाको जिल्ला कमिटी निर्वाचित हुनेछ । जसमध्ये ५ जनाको पदाधिकारी रहने छ । नेकपा एमाले गुल्मीमा १० हजारभन्दा बढी संगठित सदस्य रहेको पार्टीले जनाएको छ ।

अधिवेशनबाट नयाँ नेतृत्वका लागि अहिलेका अध्यक्ष बालसिंह काउछा दोहोरिने तयारीमा छन् तर युवा नेता हिरा एसीले अध्यक्षमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् । दुवै जनाको तयारीले सहमतिमा नेतृत्व छनौट हुने संभावना कम रहेको छ । काउछा र एसीले पदाधिकारीका प्यानल नै बनाएर जाने तयारी गरेपनि नेताहरुले त्यसलाई रोक्ने प्रयास गरेका छन् ।

गुल्मी एमाले उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण विष्टको गृहजिल्ला भएकाले जिल्ला तहमा दुवैले आफू निकटस्थलाई नेतृत्वमा पठाउन चाहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment