१७ मंसिर , काठमाडौ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले इमर्जेन्सी सेवा निशल्क गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको निर्देशनलगत्तै सो अस्पतालले मंसिर १९ गतेदेखि निशुल्क सेवा सुरु गरेको हो । सरकारी अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा दिलाउने लक्ष्य अन्तर्गत पहिलो चरणमा टेकु अस्पतालबाट उक्त सेवा सुरु गरिएको मन्त्री खतिवडाका प्रेस सल्लाहकार शान्तराम बिडारीले बताए ।

कोरोना भाइरसको तेस्रो लहरको हुनसक्ने सम्भावित जोखिमलाई समेत मध्यनजर गर्दै इमर्जेन्सी सेवा दिन लागिएको हो । निःशुल्क दिन २४ घण्टा भित्र हुने परीक्षण र उपचार शुल्कदेखि टिकटसम्म सबै निशुल्क हुनेछ ।
निःशुल्क सेवा अन्तर्गत रगत परीक्षण, एक्सरे, इसीजी, टिकट लगायतका सुविधा र २४ घण्टाभित्रको परीक्षण सुविधा र लाग्ने औषधि समेत रहेको छ ।







