१९ मंसिर काठमाडौ । प्रकु पाण्डेको निर्देशन रहेको फिल्म ‘ईओजी (एरर्स अफ गड)’ को टिजर सार्वजनिक गरिएको छ । कलासी प्रोडक्सनको निर्माणमा बनेको यस फिल्मले प्रचार प्रसार गर्न टिजर ल्याएको हो ।

विकाश जोशी, राज न्यौपाने, घनश्याम जोशी, ममता लामिछाने, सुचित्रा उप्रेती, सरिता ढुंगाना, भोलाराज सापकोटा, विजय बराल, कमलमणि नेपाल, प्रतिक दुलाल, अस्मिता खनाल लगायत रंगमञ्चका ५० भन्दा बढी कलाकारको अभिनय फिल्ममा रहेको छ ।

संगीत सापकोटाको लेखन र सगुन पोख्रेलले निर्माण रहेको फिल्म आफ्नो सबै शक्ति गुमाएर पृथ्वीलोकमा साधारण मानवको रुपमा आएका भगवानको कथामा निर्माण भएको हो ।
टिजर हेर्दा फिल्म मार्फत केहि फरक स्वादको कथा पस्किन खोजिएको अनुमान गर्न सकिन्छ । क्राइसिस ज्याक (कृष्ण) को छायांकन रहेको फिल्ममा रोमी मोसेस तन्डुकारको सम्पादन र शक्ति राईको कला निर्देशन छ ।




