Comments Add Comment

Advertisment

SKIP THIS

राजनीतिनिकास र आर्थिक विकासकालागि सरकारले काम गर्छ : उपप्रधानमन्त्री सिंह

२६ साउन ,काठमाडौं । उपप्रधानमन्त्रीप्रकाशमानसिंहले सरकारले समाजमा देखिएको निराशालाई कामबाटै चिर्ने र नागरिकको दैनिकी सहजबनाउने बताएका छन् ।

शनिबार काठमाडौं क्षेत्र नं १ मा आयोजितकार्यक्रममाबोल्दै उनले सरकारले जनताले अनुभूति गर्ने गरि काम गरेर निराशाचिर्ने बताए । अहिलेको सरकार विशिष्ट अवस्थामा बनेकोबारे सबैलाई जानकारी रहेको भन्दै उनले राजनीतिनिकास र आर्थिक विकासकालागि सरकारले काम गर्ने बताए ।

‘सरकारले अहिले समाजमा देखिएको निराशालाई चिर्ने,काम गरेर देखाउने र डेलिभरेन्स दिने छ,’ उपप्रधानमन्त्री सिंहले भने,‘सरकार गठनअघि देशलाई समृद्धिको मार्गमा लैजाने, निराशाचिर्ने र प्राप्तउपलब्धि रक्षा गरेर जानेगरि भएको सहमतिको जगमा यो सरकार बनेको तपाईहरूलाई थाहै छ ।’

आफ्नै निर्वाचन क्षेत्रमाआयोजितकार्यक्रममाउनले क्षेत्रकामतदाताका कारण आफूले अहिले अवसर पाएको भन्दै मतदाताको चाहनाअनुसार विगतमाभन्दा धेरै काम गर्ने पनिबताए । आफूले विगतमाअवसर पाउँदापनिकाम गरेको र अहिले पहिले भन्दा धेरै काम गर्नुपर्छ भन्नेमा सचेत रहेको बताए ।

अर्को फरक सन्दर्भमा उपप्रधानमन्त्री सिंहले जनमतको उपेक्षागर्दै केहीदलहरूले निराशा र अस्थिरता बढाउने गरि भ्रम छरेकाले त्यसलाई रोक्न बनेको कांग्रेस एमाले सम्मिलित सरकारलाई कामनगर्ने छुट नरहेको सिंहले बताए ।

सामाजिक सञ्जाल सन्देश प्रवाहको महत्वपूर्ण माध्यमभएपनि दुरूपयोग भइरहेको र केहीदलले सामाजिक सञ्जाललाई भ्रम छर्ने माध्यमबनाएको भन्दै त्यसमा सचेत रहनपनिउनले आग्रह गरे ।
अर्को फरक सन्दर्भमा उपप्रधानमन्त्री सिंहले जनमतको उपेक्षागर्दै केहीदलहरूले निराशा र अस्थिरता बढाउने गरि भ्रम छरेकाले त्यसलाई रोक्न बनेको कांग्रेस एमाले सम्मिलित सरकारलाई कामनगर्ने छुट नरहेको सिंहले दोहोर्याए ।

सामाजिक सञ्जाल सन्देश प्रवाहको महत्वपूर्ण माध्यमभएपनि दुरूपयोग भइरहेको र केहीदलले सामाजिक सञ्जाललाई भ्रम छर्ने माध्यमबनाएको भन्दै त्यसमा सचेत रहनपनिउनले आग्रह गरे । कार्यक्रममाबागमतिप्रदेशकामन्त्री हरिप्रभा खड्गी र सुरजचन्द्र लामिछानेलाई पनि सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै