Comments Add Comment

Advertisment

SKIP THIS

जिल्ला कारागार जुम्लामा पुस्तकालय स्थापना, कैदीबन्दीलाई दिइयो किताब !

२६ साउन ,काठमाडौं । जिल्ला प्रहरी कार्यालय जुम्लाले कारागार जुम्लाका कैदीबन्दीलाई किताब उपलब्ध गराएको छ ।

नेपाल प्रहरी श्रीमती संघको ४० औं वार्षिकोत्सवका अवसरमा प्रहरीले कैदीबन्दीलाई किसाबहरु दिएको हो । किताब पढेर आनीबानीमा सुधार ल्याओस् भन्ने हेतुले उत्प्रेरणा जगाउने खाले किताबहरु उपलब्ध गराएको प्रहरी नायब उपरीक्षक छेदीलाल कामतीले जानकारी दिए ।

जिल्ला कारागार जुम्लामा पुस्तकालय स्थापना गरिएको छ । जसमा ७ सय किताब राखिएको छ । यो पटक प्रहरी कार्यालयले विभिन्न लेखकका ३० वटा किताब दिइएको हो ।

कैदीबन्दीलाई भित्रै अध्ययन गर्न सजिलोका लागि विभिन्न लेखकका पुस्तक प्रदान गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment