Comments Add Comment

Advertisment

SKIP THIS

भुटानी शरणार्थी प्रकरण : बेचन झालाई थप चार दिन थुनामा राख्न अदालतले दियो अनुमति

२७ साउन , काठमाडौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश महेन्द्रराज काफ्लेले झालाई थप ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएका हुन् । शरणार्थी प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौंले झासँग बयान लिइसकेको छ ।

नेपाली नागरिकलाई शरणार्थी बनाएर अमेरिका पठाउन खोजेको घटनामा आफ्नो संलग्नताबारे उनले ‘इन्कार’ गरेका छन् । भुटानी शरणार्थी प्रकरणमा यसअघि एउटा मुद्दा जिल्ला अदालत काठमाडौंमा दायर भएको छ।

उक्त मुद्दामा पूर्वमन्त्रीहरु बालकृष्ण खाँण, टोपबहादुर रायमाझी, निलम्बित सचिव टेकनारायण पाण्डे लगायतलाई विपक्षी बनाइएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित झा असार १४ गते पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment