Comments Add Comment

Advertisment

SKIP THIS

दुबईबाट आएका युवकले दुई छोरा भएकी महिलालाई भगाउन खोजेपछि…

२ भदौ काठमाडौ । धनगढी विमानस्थलबाट परपुरुषसँग भाग्न लागेकी एक महिलालाई परिवारको जिम्मा लगाइएको छ ।

शुक्रबार धनगढी विमानस्थलबाट परपुरुषसँग भाग्न लागेकी कैलालीको लम्की चुहा नगरपालिका–८ की ३५ वर्षीया महिलालाई उनका श्रीमानको जिम्मा लगाइएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी विमानस्थलमा दुबईमा बस्दै आएका युवकसँगै भाग्ने क्रममा पक्राउ परेकी महिलालाई प्रहरीले परिवारको जिम्मा लगाइएको छ । ती महिलालाई युवकबाट छुटाएर उनका श्रीमानले बुझेर घर फिर्ता लगेको बताइएको छ । महिलाका घरमा दुई जना छोरा समेत छन् ।

महिलालाई लैजान दुबईबाट धनगढी आएका सुनसरी घर भएका सुलेमान मनसुरीलाई भने जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको छ ।

विवाहित महिलासँग सामाजिक सञ्जालबाट प्रेम सम्बन्धमा रहेका युवक मनसुरी महिलालाई भगाएर काठमाडौँ लैजाने क्रममा शुक्रबार महिलासहित धनगढी विमानस्थलबाट पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment