Comments Add Comment

Advertisment

SKIP THIS

बाढी पीडितको उद्धारमा चुकेको सरकार राहत वितरणमा पनि असफल भयो : प्रचण्ड

१८ असोज , काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरो पीडितको उद्धारमा चुकेको सरकार राहत वितरणमा पनि असफल भएको बताएका छन्।

माओवादी केन्द्रको प्राकृतिक प्रकोप तथा विपत व्यवस्थापन विभागको स्थलगत अध्ययनपछि प्रतिवेदन बुझ्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। उनले मौसमबारे पूर्वानुमान हुँदाहुँदै पनि राज्यसंयन्त्रले तत्काल उद्धारमा पहल गर्न नसकेको बताए।

उनले केन्द्रले संघीय राजधानीमा समेत तत्काल उद्धार गर्न गर्न नसक्नुको कारण खोजी गरेर आगामी दिनमा यस्तो अवस्था आउन दिन नहुने बताए।

अध्यक्ष प्रचण्डले गत शुक्रबार र शनिबार आएको बाढीपहिरोपछि सरकार नागरिकको उद्धारमा असफल भएको बताए । उद्धारमा विफल सरकारले अहिले राहत र पुनर्स्थापनामा पनि अपेक्षित काम गर्न नसकेको अध्यक्ष प्रचण्डले टिप्पणी गरे ।

अध्यक्ष प्रचण्डले सबै सरकारी संयन्त्रहरू कसरी प्रभावकारीरुपमा परिचालन गर्ने भनेर सरकारले ध्यान दिनुपर्ने पनि बताए।

त्यसक्रममा बस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्ने अध्यक्ष प्रचण्डको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment