Comments Add Comment

Advertisment

SKIP THIS

डिएसपी दिनेश घिमिरेको एक सय ६७औं कविता : शब्दहरू

शब्दमा शब्दहरू मिलाँउछु र कविता बनाँउछु
शब्दहरू जोडछु शब्द घटाउँछुआफैमा मिलाउँछु आफ्नैं शब्दहरू केलाँउछुआफ्नैं कथा बनाउँछु यहिँ शब्दहरूमा ब्यथाहरू भर्छु जीवन बनाउँछु।

केही शब्दहरू अनबरतरूपमा यताउता भाग्छन
केही खुशीका पलहरूमा भुल्याँएझै गर्दछन्
सम्पूर्ण शब्दहरू ब्यथाँहरूको कथा बोक्छन
शब्दहरूमा आफ्नैं बनौट भर्छु जीवन बनाउँछु।

शब्दहरू सगै सुत्छु अनि शब्दहरू सगै उठछु
कहिले शब्दहरू मिलेर उठछन् कहिले दुखेर
सम्पूर्ण शब्दहरू केलाँउछु आफ्नैं आँशु बनाउँछु आफ्नैं आँशु आफैमा सगाँल्छु जीवन बनाउँछु।

शब्दहरू अनेकन् प्रश्नहरूमा खेलिरहन्छन्
कहिले आफ्नै प्रश्नहरूको उत्तर मिलाएर दिन्छु
कहिले आफ्नै आँखाहरूलाई ढाँटिरहन्छु
आफ्नै उत्तरहरू मिलाँउछु जीवन बनाउँछु।

शब्दहरूमा जीवन अर्थ मिलाउन खोज्छु
केही शब्दहरू भाग्छन् केहीले जिस्काउछन्
बेअर्थका शब्दहरू जथाभावी मडाँरिन्छन
मिलाउछु भाग्छन् सजाँउछु हराउन खोज्छन्
शब्दहरूको दौडमा जीवन समयसगै मडाँरिन्छ।

-दिनेश घिमिरे
विरूवा, भक्तपुर।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै