Comments Add Comment

Advertisment

SKIP THIS

होटलमा बोलाएर नाबालिगमाथि सामूहिक बलात्कार, संलग्न ५ जना पक्राउ

१ कार्तिक , काठमाडौ । कोहलपुरस्थित एक होटलमा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।

पीडित किशोरीले बुधबार आफूमाथि भएको सामूहिक बलात्कारबारे किटानी जाहेरी दिएपछि पाँच जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेहरुमा बैजनाथ गाउँपालिका-१ करेलीका निशान रोकाया, डम्मरबहादुर रोकाया, जिवन रोकाया र बैजनाथ-१ गाभर गाउँका निर्मल थापा र विजय कार्की रहेका छन् ।

पक्राउ परेकामध्ये जीवन २४ वर्षका छन् भने अन्य १९ वर्षका हुन्।

पीडित किशोरीले जाहेरीमा असोज २७ गते कोहलपुर नगरपालिका-११ स्थित सुर्खेत रोडको एक होटलमा बोलाएर आफूमाथि पाँच जनाले रातभर सामूहिक बलात्कार गरेको कुरा उल्लेख गरेकी छन्।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार सामाजिक सञ्जाल फेसबुकमा भएको चिनजानका आधारमा निशान रोकायाले ती बालिकालाई होटेलमा खाजा खान भनेर बोलाएका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै