Comments Add Comment

Advertisment

SKIP THIS

शिक्षकको नक्कली नियुक्ति पत्र बनाएको आरोपमा धनुषाका तत्कालीन शिक्षा अधिकारी मन्डलविरुद्ध मुद्दा दायर

२ असोज , काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका तत्कालिन जिल्ला शिक्षा अधिकारी उपेन्द्र मन्डलविरुद्ध विशेष अदालतमा मंगलबार मुद्धा दायर गरेको छ ।

शिक्षकको नक्कली नियुक्ति पत्र बनाएको र त्यही आधारमा पदस्थापन पनि भएको देखिएको भन्दै मन्डलले भष्ट्रचार गरेको दाबी अख्तियारको छ । धनुषाको मिथिलाबिहारी नगरपालिका-९ स्थित रामजानकी प्राविमा पढाउँद आएकी निलकुमारी यादबलाई पनि प्रतिवादी बनाइएको छ ।

यादव २०७१ असोज ७ गते जिल्ला शिक्षा कार्यालयको पत्रले किसानपुरस्थित भानु उच्च मावीबाट रामजानकी प्रावीमा दरबन्दी भई पदस्थापन भएकी थिइन् । अख्तियारका अनुसार भानी उच्च माविमा यादबको शिक्षक नियुक्ती पत्र नै नक्कली रहेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

Advertisment