Comments Add Comment

Advertisment

SKIP THIS

आफूलाई पत्रकार बताउँदै आपराधिक गतिविधिमा मुछिँदै आएका सुजन आचार्य पक्राउ

काठमाडौँ । आफूलाई पत्रकार बताउँदै आपराधिक गतिविधिमा मुछिँदै आएका सुजन आचार्य फेरि पक्राउ परेका छन् । इन्टरपोलको नोटिसपछि उनले विदेशबाट पक्राउ गरी नेपाल ल्याइएको छ । उनलाई कम्बोडियाबाट ल्याइएको हो ।

उदयपुरको त्रियुगा नगरपालिकाका सुजन आचार्यले वैदेशिक रोजगारीमा सिंगापुर पठाइदिन्छु भनी ४० जनाभन्दा बढी व्यक्तिहरूबाट ५ करोड २ लाख ९४ हजार रुपैयाँ ठगी गरी फरार भएको आरोप लागेको थियो ।

सुजन आचार्य र बिनु शाक्यलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखामा अनुरोध गरेको थियो। २०८० माघ १९ गते उनीहरू विरुद्ध रेड नोटिस जारी भएको थियो ।

सुजन विरुद्ध २०७९ जेठ १३ गते जिल्ला प्रहरी परिसर काठमाडौँमा विद्युतीय कारोबार सम्बन्धी कसुर मुद्दा दर्ता भएको र २०८० वैशाख २५ गते प्रहरी वृत्त महाराजगन्जमा ठगी तथा अपराधिक लाभ सम्बन्धी कसुर मुद्दा समेत दर्ता भएको पाइएको छ । असोज १ गते कम्बोडियाबाट दुवै जनालाई पक्राउ गरिएको र पक्राउमध्ये सुजनलाई नेपाल ल्याइएको हो ।

उनलाई सम्बन्धित कसुरहरूमा कानूनबमोजिम कारबाही गराउने प्रयोजनार्थ जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै