Comments Add Comment

Advertisment

SKIP THIS

मकवानपुर प्रहरीले अवैध चाँदीसहित एक जना भारतीय नागरिकलाई पक्राउ

पूर्व पश्चिम सडकखण्ड अन्तर्गत हेटौँडाको रातोमाटे चेकपोष्ट अगाडिबाट भारत बिहार राज्य मधुवनी जिल्ला जेटीयाही पञ्चायत पर्जुआर टोल बस्ने वर्ष ४८ का मनोजकुमार झालाई अवैध चाँदीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी प्रमुख एसपी विश्वराज खड्काले बताए ।

एसपी खड्काका अनुसार पथलैयातर्फबाट हेटौँडातर्फ आउँदै गरेको ना६ ख ७२६२ नं.को यात्रुवाहक बस रोकी जाँच गर्ने क्रममा उक्त बसमा सवार झाको शरीरको खानतलासी गर्दा निजले आफ्नो शरीरको छातीमा फल्स बटम बनाई ३२ थान चाँदीको मूर्ति लुकाई ल्याइएको अवस्थामा फेला परेको थियो ।

बरामद भएको उक्त मूर्तिहरू दुई किलो १९६ ग्राम रहेको र सोमबारको बजार मूल्य अनुसार उक्त चाँदी तीन लाख ६६ हजार ५४९ रुपियाँ बराबरको रहेको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै