Comments Add Comment

Advertisment

SKIP THIS

जनयुद्धलाई मेटाउन प्रयास गर्नेहरु खरानी हुने प्रचण्डको चेतावनी

१ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जनयुद्ध’लाई मेटाउने प्रयास गर्नेहरु खरानी हुने चेतावनी दिएका छन्।

पार्टी केन्द्रीय कार्यालयमा आयोजित ३० औं ‘जनयुद्ध’ दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उक्त चेतावनी दिएका हुन् ।

उनले कसैले मेटाएर ‘जनयुद्ध’ नमेटिने बताए।

अध्यक्ष प्रचण्डले भने, ‘हजारौं शहीदहरुको बलिदानबाट रगतबाट सिञ्चित यो प्रक्रिया, हजारौं बेपत्ता योद्धाहरुको त्याग र तपस्याबाट सिञ्चित यो प्रक्रिया नेपालको समग्र प्रक्रियामा सयौं सयौं वर्षसम्म रहनेछ । कसैले मेटाएर यो मेटिने छैन। जसले मेटाउने दुस्साहस गर्छ उही नै खरानी हुन्छ भन्ने मेरो विश्वास छ।’

उनले जनयुद्ध दिवस साँच्चै नै जनताका सबै उत्पीडित समुदायको निम्ति राष्ट्रिय दिवस रहेको बताए । यसलाई राष्ट्रिय दिवसकै रुपमा आफुहरुले अगाडि लैजानुपर्ने बताए ।

त्यसका लागि सबै माओवादी धारलाई एक हुन उनले अपिलसमेत गरे। अध्यक्ष प्रचण्डले समाजवादी मोर्चामार्फत् पार्टी एकता प्रक्रियालाई अघि बढाउन पहल गरिराखेको जानकारी पनि उनले गराए।

अध्यक्ष प्रचण्डले प्राप्त उपलब्धीलाई अझ बलियो बनाउँदै समाजवादको बाटोमा अघि बढ्न जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै