२१ मंसिर, काठमाडौ । काठमाडौँको कोटेश्वरमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकलका चालकको मृत्यु भएको छ ।
कोटेश्वरको आकाशे पुल नजिकै रोकी राखेको ना ६ ख ३१५८ नम्बरको ट्रकमा वाग्मती प्रदेश ०२–०२७ प ५९३७ नम्बरको मोटरसाइकल ठोक्किँदा चालक भक्तपुर थिमीका ४७ वर्षका सुरज खलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ





