Comments Add Comment

Advertisment

SKIP THIS

तारकेश्वर नगरपालिका वडा ३ का अध्यक्ष अर्याल पानी ट्याङ्की निरीक्षण गर्दा तारमा अल्झी घाइते

तारकेश्वर नगरपालिका, वडा नम्बर ३ का वडा अध्यक्ष परशुराम अर्याल जितपुर फेदी क्षेत्रमा घाइते भएका छन्।

वडा बजेटबाट बन्दै गरेको पानी ट्याङ्कीको अवस्था जाँच्न जाँदा उनी तारमा अल्झिएर लड्न पुगेका हुन्।

घटनाको समय अध्यक्ष पानी ट्याङ्कीको कार्यान्वयन र निरिक्षण गर्दै थिए। यसै क्रममा उनी अचानक फलामको तारमा अल्झिनुभयो र माथिबाट खस्नुभयो, जसकारण उनलाई गम्भीर चोट लागेको थियो।

घटनापछि अर्याललाई तुरुन्तै नजिकैको अस्पतालमा लगी उपचार गराइएको थियो। चिकित्सकीय जाच क्रम प्रश्चात उनको स्वास्थ्यमा केही सुधार देखिएपछि उनलाई आज डिस्चार्ज गरिएको छ। स्रोत्रका अनुसार उनलाई अहिले अस्पतालबाट सुरक्षित घर पठाइएको पुष्टि गरेका छन्।

स्थानीय निवासीहरूले घटनामा चासो व्यक्त गर्दै अध्यक्ष अर्यालको छिटो स्वास्थ्यलाभको कामना गरेका छन्। यस घटनाले सार्वजनिक कार्य निरीक्षणका बेला सुरक्षा उपायहरूको कमी रहेको पनि उजागर गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै