Comments Add Comment

Advertisment

SKIP THIS

मोटरसाईकल चोरी गर्ने ३ जना पक्राउ

२१ मंसिर, काठमाडौ । झापाबाट मोटरसाईकल चोरी गर्ने ३ जना पक्राउ परेका छन् । मोटरसाईकल चोरीमा संलग्न रहेका ईलाम सुर्योदय नगरपालिका-१ का २१ बर्षिय आशिष सुब्बा, सुर्योदय-८ का २१ बर्षिय विवेक घिमिरे र झापा बिर्तामोड नगरपालिका-३ बिर्ताबजार का २६ बर्षिय रंजित राजवंशी पक्राउ परेका हुन् ।

झापा जिल्लामा मोटरसाईकल चोरीको घटना बृद्धि भए पश्चात ईलाका प्रहरी कार्यालय अनारमनि झापाबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा उनिहरुको साथबाट चोरी भएको मे ६ प २५०५ नम्बरको १५० सिसिको पल्सर मोटरसाईकल र मे ११ प ९७३५ नम्बरको १५० सिसिको ँश् मोटरसाईकल सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै