काठमाडौँ, साउन १७ – काठमाडौँ महानगरपालिका–१६ स्थित कुमारी स्थान टोल सुधार समितिको आयोजनामा तथा पतञ्जली योग पिठ नेपालको सहआयोजनामा आयोजित ‘जेष्ठ नागरिक सम्मान, जहेन्दार विद्यार्थी सम्मान तथा योग विज्ञान शिविर’ उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा समाजसेवा तथा शिक्षा क्षेत्रमा योगदान पुर्याउने जेष्ठ नागरिकहरूलाई सम्मान गरिनुका साथै २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई समेत सम्मान गरियो।
उक्त कार्यक्रममा पूर्वमन्त्री बसन्त मानन्धर, वडा अध्यक्ष रोजिना श्रेष्ठ, समाजसेवी देवेन्द्र कुमार श्रेष्ठ तथा कुमारी स्थान टोल सुधार समितिका अध्यक्षलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम Bright Heaven Boarding School परिसरमा सम्पन्न भएको हो। उक्त अवसरमा सोही विद्यालयका स्काउटका भाइबहिनीहरूले स्वयंसेवकको रूपमा सेवा पुर्याउँदै कार्यक्रमलाई अझ व्यवस्थित बनाउन भूमिका निभाएका थिए।
कार्यक्रममार्फत स्थानीय तहमा जेष्ठ नागरिकको सम्मान र विद्यार्थीहरूको हौसला अभिवृद्धिसँगै योग विज्ञानप्रति चेतना अभिवृद्धि गर्ने लक्ष्य लिइएको आयोजक समितिले जनाएको छ।
(फोटो फिचर)





