Comments Add Comment

भक्तपुरमा उत्साहित सुधार केन्द्र (रियाब सेन्टर) संचालनमा

भक्तपुर । भक्तपुरमा उत्साहित सुधार केन्द्र(रियाब सेन्टर) औपचारिक रूपमा संचालनमा आएको छ। संचालक मिलन खड्काका अनुसार यो केन्द्र मुख्यतः लागुऔषध दुरुपयोगमा फसेका युवाहरूलाई पुनःस्थापना र नयाँ जीवन दिनका लागि स्थापना गरिएको हो।

उनका अनुसार रियाप सेन्टरले उपचारसँगै मनोवैज्ञानिक परामर्श, व्यवहार सुधार, सामाजिक पुनःस्थापना, परिवारसँग पुनःसम्पर्क र जीवन–उपजीविकाका लागि सीप विकास तालिम जस्ता कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको छ।

मिलन खड्काले भने, “लागुऔषधको असरले धेरै युवा दिशाहीन बन्दै गएका छन्। हामीले उनीहरूलाई सही बाटोमा ल्याउने, आत्मविश्वास बढाउने र समाजमै सम्मानित जीवन बिताउन सक्ने बनाउने संकल्प गरेका छौँ।”

उत्साहित सुधार केन्द्र(रियाब सेन्टर)ले सुरुवाती चरणमै उपचारका लागि आवश्यक पूर्वाधार, चिकित्सक तथा परामर्शदाता उपलब्ध गराएको र निकट भविष्यमै यसलाई अझ प्राविधिक रूपमा सुदृढ बनाउने योजना रहेको खड्काले जानकारी दिए।

स्थानीय बासिन्दाले भक्तपुरमै यस्तो रियाब सेन्टर संचालनमा आउनु सकारात्मक कदम भएको प्रतिक्रिया दिएका छन्। उनीहरूका अनुसार यसले स्थानीय युवामात्र होइन, देशभरका सेवाग्राहीलाई समेत सहयोग पुर्‍याउनेछ। संचालक खड्काले कोहि कतै दुर्ब्यसनिमा फरेको थाहा पाए एंब सुधारको निमित्त आवश्यक परे सोझै आफुलाइ सम्पर्क गर्न समेत जानकारी दिएकाछन। उनको सम्पर्क नं. ९८५१०५३९३५ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै