१३ वैशाख , काठमाडौ । स्थानीय निर्वाचन नजिकिए संगै काठमाडौं तारकेश्वर नगरपालिका वडा नम्बर ३ मा चुनावी सरगर्मी ह्वात्तै बढ्न थालेको छ । यतिबेला विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता गाउँतिर केन्द्रित हुन थालेका छन् । यस्तै तारकेश्वर नगरपालिकामा विभिन्न राजनैतिक पार्टीबाट मेयर, उपमेयर, वडा अध्यक्ष तथा सदस्यहरुले उमेद्वारी दर्ता गराइसकेका छन्।
नेकपा एमालेबाट वडा नं. ३ बाट मनोनयन भएका हरु :
अध्यक्ष : बिदुर अर्याल , सदस्य : रिता अर्याल , सदस्य :मिरा परियार , सदस्य: उद्धव अर्याल , सदस्य : शुक्र बहादुर तामाङ
यसै क्रममा तारकेश्वर नगरपालिकाको वडा नम्बर ३ मा पनि यतिबेला नेकपा एमाले पार्टीको तर्फबाट वडा अध्यक्ष पदमा सर्वसम्मत चयन भएका कुशल राजनीतिज्ञ तथा समाजसेवी बिदुर अर्यालले उमेद्वारी दर्ता गराएका छन् । उनी विगत लामो समयदेखी निस्वार्थ रुपमा पार्टी राजनीतिमा लागेका छन। अर्यालले अब आफु निर्वाचित भए उक्त कार्यकाल जनताको सेवामा दिनरात नभनी खटिने घोषणा गरेका छन ।
राजनीतिलाई पेशा होईन, सेवाको रुपमा हेरिनुपर्छ भन्ने मान्यता राख्ने अर्याल फरकदलमा आस्था राख्ने नेताकार्यकर्ताहरुले समेत मत दिने तारकेश्वोरमा यसअघि नै चर्चा हुँदै आएको थियो । उनी तारकेश्वर-३ का जनताहरुको माझ निकै लोकप्रिय रहेका छन् । प्रारम्भिक मत सर्वेक्षणलाई हेर्ने हो भने उनको जित सुनिस्चित रहेको निकट श्रोतले जानकारी दिएका छन ।
अर्याललाई त्यस क्षेत्रमा बिपक्षीहरुले पनि अत्यन्तै शालिन, भद्र, जनताको समस्या बुझ्न सक्ने नेतृत्वको रुपमा हेर्ने गरेका छन्। उनि राजनीतिमा एकअर्कालाई गिराएर नभई आफ्नो धरातलमा उभिएर स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने मत ब्यक्त गर्दै आएका छन्। वडा अध्यक्षमा अर्याल नै निकै मतान्तरले विजयी हुने त्यँहाका स्थानियहरुको आंकलन रहेको छ।





