Comments Add Comment

Advertisment

SKIP THIS

डिएसपी दिनेश घिमिरेको दुई सय चार औं कविता : आजको म

आजको म हिजोको भन्दा फरक छु
हिजो ममा मिठासपूर्ण भाषाहरू थिए
सबैमा मित्रबत दृष्टि राख्ने आखाँहरू थिए
मनमौजी थिएँ त्यसै त्यसै बुरूक्क हुन्थेँ।।

कुनै कारण चाहिदैन थियो खुशी हुन
जुनैबेला जतैपनि आफैमा मख्ख हुन्थे
कसैको बेपरबाहमा पनि लठ्ठ थिए आफैमा
जीवनको शैलीमा म मेरो निम्ति मात्रै थिए।।

आजको म हिजो जस्तै कदापि छैन
धैरे फेरिएको छु खुशीहरू रहर बनेका छन
आवाजहरू आफ्नै बाध्यता बनेका छन
जीवन स्वार्थहरूले ढकमक्क फुलेको छ।।

मलाई बोल्न पनि कुनै आवश्यकता चाहिन्छ
स्वतन्त्र आवाजहरू म भित्र भित्रै मरिसके
ममाथि समयको अनियन्त्रित हस्तक्षेप छ
आजको ममा आबश्यकताको परिबर्तन छ।।

आजको मलाई खुशीहरू तौलेर लिनुपर्छ
आखाँहरूले नबोली आँशुहरू बोकिँ दिन्छन
आँशुहरू बोकिँ समुद्र मन्थनको प्रयासमा छु
आज ममा आशुको भारी लुकाउने छाती छ

आफैले सृजना गरेका भकारीहरूमा
आफैलाई खोजीरहने आखाँहरू छन्
आफैलाई बिर्सेर अरूमा अस्तित्व खोज्ने
अनौठो अभ्याँसहरूमा रूग्न आजको म।।

-दिनेश घिमिरे
विरूवा, भक्तपुर।।
२०८२/०८/१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै