Comments Add Comment

Advertisment

SKIP THIS

नारी दिवसको अवसरमा प्रहरी श्रीमती संघकी अध्यक्ष नविना कार्कीबाट जारी शुभकामना सन्देश

११६औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीबाट जारी शुभकामना सन्देश

सामाजिक सेवामा क्रियाशिल रहेर समाजमा देखा परेका विकृती र विसंगतीका विरुद्ध जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै समाजलाई सृजनात्मक एवं सकारात्मक बाटोमा अघि बढाउँदै राष्ट्र विकासको मुल प्रवाहमा सरिक भई विभिन्न कार्यक्रमहरु मार्फ प्रेरणा र सन्देशहरु दिदै आईरहेको नेपाल प्रहरीको अनुकरणीय उदाहरणको रुपमा रहेको यस सेवाभावी संस्था नेपाल प्रहरी श्रीमती संघको तर्फबाट ११६ औं अन्तर्राष्ट्रिय महिला दिवसको आजको यस विशेष र गरिमामय अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदि बहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि र उच्च स्वाभिमानको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

नारी दिवस केवल एउटा क्यालेन्डरको मिति मात्र होईन, यो त नारी शक्ति पहिचान, संघर्षको सम्मान र प्राप्त उपलब्धीहरुको उत्सव हो । ११६ औं अन्तर्राष्ट्रिय नारी दिवसको यस वर्षको “Rights, Justice, Action For All Women and Girls” भन्ने अन्तर्राष्ट्रिय नारा एवं “सबै महिला र बालिकाका लागि अधिकार, न्याय र कार्य सहितको अवसर” भन्ने यस बर्षको मर्म स्पर्शी राष्ट्रिय नारालाई नारामा मात्र सिमित नराखी व्यबहारमा लागू गर्नुपर्ने आजको आवश्यकता रहेको छ ।

हाम्रो शास्त्रले भन्छ “यत्र नार्यस्तु पुज्यन्ते रमन्वे तत्र देवता” अर्थात जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ देवताको बास हुन्छ । आजको आधुनिक युगमा महिलालाई सम्मान भन्दा बढी “अधिकार, अवसर र न्यायको खाँचो छ ।

नारी केवल जननी मात्र होइनन, उनी त परिवारको अभिभावक, समाजको ऐना र राष्ट्र निर्माणको सारथी हुन । आजका नारीहरुले चुलो चौका देखि अन्तरिक्ष सम्मको यात्रा सम्म र राजनितिक उच्च अहोदा देखि उद्यमशिलता सम्म आफ्नो क्षमता प्रामाणित गरिसकेका छन ।

महिला सशक्तिकरणको साँचो शुरुवात तब हुन्छ, जब समाजले नारीको यो योगदानलाई सम्मान गर्छ र उनलाई आर्थिक रुपमा आत्मनिर्भर बन्ने अवसर प्रदान गर्दछ । घरेलु हिंसा, कार्यस्थलमा हुने विभेद र सामाजिक सञ्जालमा महिलाहरु माथि हुने हिंसा आजको नयाँ चुनौतीको रुपमा देखा परेका छन ।

यस्ता चुनौतीहरुलाई चिर्नको लागि कानुनी कठोरता मात्र होइन सामाजिक सोच पनि ‘क्रान्ति’ आवश्यक रहेको छ ।

नारी दिवस केवल महिलाहरुले मात्र मनाउने उत्सव होइन, यो त एउटा न्यायपूर्ण समाज निर्माण गर्ने संकल्प पनि हो । जसमा पुरुषहरुको सहभागिता अनिवार्य रहन्छ। लैङ्गिक समानता भनेको पुरुष र महिला विचको विभेद होइन । बरु यो त काँधमा काँध मिलाएर हिड्ने सहयात्रा हो ।

एउटा भनाई छ कि “यदि हामीले एउटा पुरुषलाई शिक्षित बनायौं भने एउटा व्यक्तिलाई शिक्षित बनाउँदछौ, तर यदि एउटी नारीलाई शिक्षित बनायौ भने हामीले सिंगो पुस्तालाई नै शिक्षित बनाउछौ” ।

अन्त्यमा, महिला सशक्तिकरणको अर्थ पुरुषसंगको प्रतिस्पर्धा मात्र होइन, बरु आत्मसम्मानका साथ बाँच्न पाउनु र आफ्नो निर्णय आफै गर्न पाउनु हो । नारी शिक्षित र आत्मनिर्भर भए मात्र एउटा परिवार, समाज एवं राष्ट्र समृद्ध बन्छ । नारी दिवसको यो अवसरमा हामी सबैलाई लैङ्गिक समानता कायम गर्न र महिलाहरुको अधिकार सुनिश्चित गर्न थप उर्जा र प्रेरणा प्राप्त होस् भन्ने कमना व्यक्त गर्दछु ।

आजको यो ऐतिहासिक दिनमा हामी सबैले संकल्प गरौं । “हामी आफ्नो घर, समाज र कार्यस्थलमा लैङ्गिक विभेद हुन दिने छैनौं, नारीको सम्मान नै सभ्य समाजको पहिचान हो” भन्दै नारी दिवसको यस गरिमामय अवसरमा पुनः एकपटक सम्पूर्ण दिदिबहिनी तथा दाजुभाईहरुलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै