Comments Add Comment

Advertisment

SKIP THIS

तारकेश्वरमा ग्यास अभावको हल्लापछि बजार अनुगमन, २०० भन्दा बढी सिलिन्डर फेला

काठमाडौंस्थित तारकेश्वर नगरपालिका क्षेत्रमा ग्यास तथा खाद्य सामग्री अभाव भएको हल्ला फैलिएपछि नगरपालिकाले आज बजार अनुगमन गरेको छ।

उपमेयर सिर्जना बुर्लाकोटी सहित नगरपालिकाका कर्मचारी, पत्रकार, नेपाल प्रहरी तथा नगर प्रहरीको संयुक्त टोलीले विभिन्न वडामा अनुगमन सम्पन्न गरेको हो।

त्यसैगरी, अनुगमनका लागि प्रशासकीय प्रमुख धर्मराज लम्सल को नेतृत्वमा समेत टोली सक्रिय रहेको थियो। स्थानीयबाट ग्यास अभावको गुनासो आएपछि नगरपालिकाले तत्काल कदम चाल्दै ग्यास डिलर तथा पसलहरूमा अनुगमन सुरु गरेको जनाएको छ।

अनुगमनका क्रममा तारकेश्वरभित्र रहेका करिब १० वटा ग्यास पसलमा छापा मार्दा झण्डै २०० भन्दा बढी ग्यास सिलिन्डर स्टकमा रहेको फेला परेको नगरपालिकाले जानकारी दिएको छ। यसले बजारमा ग्यास अभाव नभएको स्पष्ट भएको छ।

अनुगमनपछि नगरपालिकाले सर्वसाधारणलाई अनावश्यक हल्लामा नपर्न र आवश्यक मात्रामा मात्रै सामग्री खरिद गर्न आग्रह गरेको छ। साथै, बजारलाई नियमित रूपमा अनुगमन गर्दै आपूर्ति प्रणालीलाई सहज बनाइने जनाएको छ।

यस्तै, स्थानीय बासिन्दाहरूले नगरपालिकाको यस कदमको स्वागत गर्दै बधाई दिएका छन्।

उनीहरूले यस्ता कार्यक्रमलाई निरन्तरता दिन र तारकेश्वरका सबै नागरिकलाई सम्भावित अभावबाट जोगाउन थप सक्रिय हुन सुझाव समेत दिएका छन्।

नगरपालिकाले यदि कतै ग्यास डिपोहरूले ग्यास लुकाएर बिक्री गरेको जानकारी भएमा तुरुन्त सूचित गर्न आग्रह गर्दै त्यस्तो कार्यमा संलग्नलाई कडा कानुनी कारबाही गरिने चेतावनी समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै